PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

पाकिस्तानको अर्थतन्त्रमा सुधार



रासस

पाकिस्तानको अर्थतन्त्रमा सुधार

इस्लामाबादः पाकिस्तानी अर्थमन्त्री इशाक दरले पाकिस्तानको अर्थतन्त्र यस दशककै सबैभन्दा राम्रो अवस्थामा पुगेको बताएका छन्।

अर्थमन्त्री इशाकले गतवर्ष कुल ग्राहस्र्थ उत्पादन दशककै सबैभन्दा ३० करोड अमेरिकी डलरभन्दा माथि पुगेको बताए। 

उनले अर्थतन्त्रमा सुधार आउनुलाई मुलुकको सुरक्षास्थितिमा देखिएको सुधार प्रमुख कारण भएको बताए । 

अर्थमन्त्रीले सार्वजनिक गरेका प्रतिवेदनमा राज्यको मुद्रास्फिती ४.१ प्रतिशत पुगेको उल्लेख छ।

यो अघिल्लो आर्थिक वर्ष २.८ प्रतिशत रहेको थियो । त्यसैगरी, कुल ग्राहस्र्थ दरमा राजस्व वृद्धिदर १०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आगामी वर्ष ६ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। 

पाकिस्तानी नागरिकको प्रतिव्यक्ति आय आर्थिक वर्ष २०१७ मा एक हजार ६२८ अमेरिकी डलर पुगेको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell