PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेटो सम्मेलनमा सहभागी हुन ट्रम्प ब्रसेल्समा



रासस

नेटो सम्मेलनमा सहभागी हुन ट्रम्प ब्रसेल्समा
फोटो श्रोतःpolitico.eu

बेल्जियमः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्स आइपुगेका छन्। 

कुनै समय नेटो गठबन्धन नै बेकार भन्ने धारणा राख्ने ट्रम्प नेटो सम्मेलनमा पहिलो पटक सहभागी हुँदैछन्। 

अमेरिकी राष्ट्रपति ट्रम्पले नेटोका गतिविधि, नेटोको आर्थिक भार बहनका विषयमा सङ्गठनका २७ सदस्य राष्ट्रका नेतासँग छलफल गर्ने कार्यक्रम छ । 

ट्रम्पले ब्रसेल्समा अलकायदा आतङ्कवादी समूहको नेतृत्वमा भएको आक्रमणपछि पहिलोपटक कार्यान्वयनमा ल्याइएको सामूहिक प्रतिरक्षा प्रत्याभूति सम्बन्धी नेटो कानुनको धारा ५ को स्मरणमा निर्माण गरिएको स्मारकको अनावरण गर्ने कार्यक्रम छ। रासस/एएफपी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell