
काठमाडौ : फ्राइडे रिलिज अन्तर्गत आज दुई नेपाली फिल्म 'पर्व' र 'हिटलर' रिलिज भएका छन्। दिनेश राउतले निर्देशन गरेको पर्व थ्रिलर जानराको हो भने शौरभ ढकालको निर्देशनमा रहेको हिटलर रोमान्टिक कमेडी फिल्म हो।
गोपिकृष्ण टिभी फिल्मी र सुवास इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको पर्वमा नम्रता श्रेष्ठ, कोशिस क्षेत्री, जेविका कार्की, माला लिम्बुको मुख्य अभिनय रहेको छ। बनिस शाहले सम्पादन गरेको फिल्म पर्वमा चन्द्र पन्तको द्वन्द रहेको छ।
फिल्मा कोशिसकै कथा रहेको छ भने पटकठ्ठा किरण माइकलले लेखेका छन्।
यस्तै फिल्मको गीतमा निर्देशक राउतले शब्द लेखेको छन भने नायक कोशिसले संगीत भरेका छन्।
फिल्म हिटलरमा सोहित मानन्धर, मेनुका प्रधान, ए गुरुङको अभिनय छ भने समिया बर्तौला र दिवस धिताल यसै फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गर्दैछन्।
हिटलर फिल्मको कथा र पटकथा खिचा मान चित्रकारले लेखेका हुन्। फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन्।