PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

उच्चस्तरीय जाँचबुझ आयोगले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने



राधेश्याम पटेल

उच्चस्तरीय जाँचबुझ आयोगले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने

वीरगञ्जः थरुहट–मधेस आन्दोलनका क्रममा भएका हत्या हिंसाका घटनाको छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगले तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

घटनाकाबारेमा जानकारी लिन वीरगञ्ज पुगेको आयोगको टोलीले तीन महिनाभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको जानकारी दिएको हो।

१८ मध्ये १३ जिल्लाको अनुगमन भइसकेको र बाँकी पाँच जिल्लाको पनि छिट्टै काम सक्ने आयोगले जनाएको छ।

आयोगका अध्यक्ष गिरिशचन्द्र लालले बाँकी पाँच जिल्लाको अनुगमन सकिएपछि आरोपितलाई झिकाइ बयान लिने र छानविन गरी छिट्टै सरकारलाई प्रतिवदेन बुझाइने जानकारी दिए।

आयोग टोलीले वीरगंजमा भएका घटनाकाबारेमा सरोकारवालासँग जानकारी लिएको छ । आन्दोलनका क्रममा पर्सामा मात्रै आठ जनाको मृत्यु भएको थियो ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell