
बैतडीः राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्त चन्दले आफ्नो एजेण्डा जनतालाई बुझाउन नसक्दा निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोग्नुपरेको बताएका छन्।
चुनावी प्रचारप्रसारका क्रममा गृह जिल्ला बैतडी पुगेका महामन्त्री चन्दले पत्रकारसँग कुरा गर्दै जनतासमक्ष राप्रपाको एजेन्डा प्रष्ट पार्न नसक्दा पराजित हुनुपरेको बताए।
निर्वाचनको मुखमा आएर सरकार छाड्नुले पनि यस्तो अवस्था आएको भन्दै चन्दले एजेन्डाबाट विचलित नभइ दोस्रो चरणको निर्वाचनमा जाने र सफल हुने दावी गरे।
लोकतान्त्रिक अभ्यासमा हारजित स्वभाविक भएको बताउँदै उनले निर्वाचनमा पराजय भए पनि कार्यकर्तालाई निराश नभइ दोस्रोचरणको निर्वाचनमा सक्रिय भएर लाग्न आग्रह गरे।रासस