PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

काठमाडौं १३ मा एमाले विजयी



रासस

काठमाडौं १३ मा एमाले विजयी

काठमाडौंः काठमाडौं महानगरपालिका– १३ को वडाध्यक्षमा नेकपा एमालेका धुव्रनारायण मानन्धर तीन हजार ६४ मत प्राप्त गरी विजयी भएका छन्। 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले एक हजार ९३६ मत प्राप्त गरेका छन्। वडामा एमालेको पुरै समूह विजयी भएको छ । 

महिला सदस्यमा तारादेवी मानन्धर दुई हजार ९९७, दलित महिला सदस्यमा मैया देउला दुई हजार ८८५, खुल्ला सदस्यतर्फ रामबाबु कोइराला दुई हजार ४१२ र सुन्दरराज वैद्य दुई हजार ७१९ मत ल्याई विजयी भएका हुन्। 

हालसम्ममा २५ वटा वडाको मत परिणाम सार्वजनिक भएकोमा १४ वटा वडामा एमाले र ११ वटामा कांग्रेस विजयी भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell