
रसियामा आगामी जुनमा हुने कन्फेडेरेसन कप फुटबलका लागि पोर्चुगलको टोली घोषणा भएको छ। प्रशिक्षक फर्नान्डो सान्तोसले घोषणा गरेको टोलीमा युरोकपको फाइनलमा गोल गर्ने एडर र युवा खेलाडी रेनाटो सान्चेज भने अटायनन्।
युरो च्याम्पियन पोर्चुगल आयोजक रसियासँगै न्गूजिल्याण्ड र मेक्सिको रहेको समूह ए मा छ।
पोर्चुगलले जुन १७ मा मेक्सिकोसँग पहिलो खेल खेल्नेछ भने जुन २१ मा रसिया तथा जुन २४ मा न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
पोर्चुगिज टोली
गोलकिपर : बेटो, रुइ प्याट्रिसिओ, जोस सा
डिफेण्डर : ब्रुनो अल्भज, सेड्रिक, एलिसेउ, जोस फोन्टे, लुइस नेटो, नेल्सन सेमेडो, पेप, राफेल गुरेरो
मिडफिल्डर : एड्रिएन शिल्भा, आन्द्रे गोमेज, डानिलो परेइरा, जाओ मारिओ, जाओ माउटिन्हो, पिज्जी, विलियम कार्भाल्हो
फरवार्ड : आन्द्रे शिल्भा, बर्नार्डो शिल्भा, क्रिस्टियवनो रोनाल्डो, गेल्सन मार्टिन्स, नानी, रिकार्डो क्वारेस्मा