
भोजपुरः कांग्रेसले भोजपुरमा चुनावी अभियान सुरु गरेको छ ।
चुनावमा मतदातालाई आफ्नो पक्षमा पार्न कांग्रेसले घरदैलो, सभा तथा र्याली गरी अभियान सुरु गरेको हो।
कांग्रेसले भोजपुर सदरमुकाममा र्यालीसहित विशाल शक्ति प्रदर्शन गरी अभियान सुरु गरेको छ ।
निर्वाचनमा कांग्रेसलाई भोजपुरको दुई नगरपालिका र सात गाउँपालिकामा विजय गराउन विभिन्न स्थानमा आमसभा तथा घरदैलो कार्यक्रम गरी मतदानका लागि आग्रह गर्ने कांग्रेसले जनाएको छ।रासस