PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

थपिएका २२ स्थानीय तहले पाए वैधानिकता



पहिलोपोस्ट

थपिएका २२ स्थानीय तहले पाए वैधानिकता

काठमाडौं : सरकारले थप गरेका २२ स्थानीय तह सहित स्तरोन्नती गरिएका नगरपालिका तथा महानगरपालिकाको विवरण राजपत्रमा प्रकाशित गरको छ। मंगलबार मन्त्रिपरिषद्‍ले गरेको निर्णय सरकारले बिहीबार नै राजपत्रमा प्रकाशित गरेको हो। 

मन्त्रिपरिषदको निर्णय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जान्छ। आगामी ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेका कारण सरकारले निर्वाचन आयोगलाई सहज बनाउन हतारमै काम सकेर राजपत्रमा प्रकाशित गरेको हो।

निर्वाचन आयोगले सरकारले गरेको निर्णय अनुसारको आधिकारिक विवरण आयोगलाई प्राप्त नभएका कारण अन्योलमा परेको बताउँदै आएको थियो। 

राजपत्रमा प्रकाशित भएसँगै निर्वाचन आयोगलाई निर्वाचन तयारी गर्नका लागि बाटो खुलेको छ भने थपिएका गाउँपालिका तथा स्तरोन्नती गरिएका नगरपालिका र दुई महानगरपालिकाले पनि वैधानिकता पाएका छन्। 
पढ्नुस राजपत्र :
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell