PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पहिरोमा परी श्रीलङ्कामा १३ जनाको मृत्यु



रासस

पहिरोमा परी श्रीलङ्कामा १३ जनाको मृत्यु
फोटो श्रोतःnews.lk

कोलम्बोः श्रीङ्काको दक्षिणी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अरु कैयौ हराईरहेका छन्। 

कालुतारा क्षेत्रमा शुक्रबार ठूलो हावाहुरी र भीषण बर्षापछि पहिरो गएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। 

प्रहरीका अनुसार पहिरोमा परी बेपत्ता भएकाहरुलाई खोज्नका लागि घटनास्थलमा प्रहरी र उद्धारकर्ताहरु खटिएका छन्।
 
दक्षिणी क्षेत्रको कालुतारा जिल्लाको कोस्बावाका र देल्पावाट्टामा पहिरो गएको सञ्चार माध्यमहरुले जनाएका छन्। बेपत्ता भएकाहरुको खोजी र उद्धारका लागि घटनास्थलमा हेलिकोप्टरसमेत पठाइएको छ। 

घटनास्थलमा अहिले पनि वर्षा भइरहेकाले उद्धार कार्यमा कठिनाई भइरहेको उद्दारकर्ताहरुले बताएका छन्। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell