PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

काठमाडौंको मेयरमा अब मैले जितिसकेँ : विद्यासुन्दर



सविन ढकाल

काठमाडौंको मेयरमा अब मैले जितिसकेँ : विद्यासुन्दर

काठमाडौं : सबैको ध्यान तानेका दुई महानगरपालिकामा मतगणना अझै जारी छ। भरतपुर महानगरपालिकामा कस्को पल्ला भारी छ भन्ने छुट्याउन कठिन भइरहेको छ। तर, काठमाडौं महानगरपालिकामा अहिलेसम्मको मत गणनाको परिणामले नतिजा के हुन्छ संकेत गरिसकेको छ। 
अप्रत्यासित रुपमा कुनै उलटपुलट भएन भने नेकपा एमालेका विद्यासुन्दर शाक्य काठमाडौं महानगरपालिकाका अबका मेयर हुन्। करिब १ लाख ५० हजार भन्दा बढी मत गनिसक्दा १६ हजार मत अन्तरले शाक्य अगाडि छन्। 

'अब मैले जितिसके। अरुले मलाई पछिपार्ला भन्नेमा कुनै शंका नै छैन,' पहिलोपोस्टसँगको कुराकानीमा उनले भने।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीलाई उनले १६ हजार मत अन्तरमा पछि पारिरहेका छन्। १० हजारभन्दा बढी मत अन्तर भएदेखि नै उनले बधाइ पाउन थालेका थिए। २०४९ र ०५४ सालमा काठमाडौं महानगरपालिका वडा नम्बर २१ बाट वडा अध्यक्ष बनिसकेका शाक्य आफ्नो विगतको कामले नै विजय हुने बताउँछन्। 

'सम्पूर्ण जनताले रुचाइदिनुभयो। भरोसा गर्नुभयो। यसैको परिणाम हो मेरो जित,' उनले भने। महानगरपालिका भित्रका केही वडाको मत गणना जारी छ। तीन वर्षभित्र काठमाडौंमा मोनो रेल संचालन गर्ने महत्वकांक्षी सपना देखाएका शाक्य आफ्नो घोषणा पत्रमा भएका सबै कुरा समयभित्रै गर्ने दावी गर्छन्। 

तपाईँले तीन वर्षभित्र मोनो रेल संचालन गर्छु भन्नु भएको थियो। पूरा गर्नुहुन्छ त?  हाम्रो प्रश्नमा उनले भने, 'मैले पहिले नै भनिसकेको छु। जेजे काम गर्छु भनेको छु गर्छु। मोनो रेल ल्याउँछु।' शाक्यले आफ्नो पहिलो प्राथमिकता सुन्दर र स्वच्छ महानगरपालिका निर्माण हुने बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell