PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कांग्रेसले छान्यो प्रदेश नं. १ मा उम्मेदवार 



रासस

कांग्रेसले छान्यो प्रदेश नं. १ मा उम्मेदवार 

काठमाडौंः नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ का पहाडी जिल्लाका उम्मेदवार तय गरेको छ। 

केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी एवम् वरिष्ठ नेताको बैठकले प्रदेश नं १ का पहाडी जिल्लाका उम्मेदवार तय गरेको हो।

प्रदेश नम्बर एकमा १४ जिल्ला छन् । झापा, मोरङ, सुनसरीबाहेकका ११ जिल्लामा कांग्रेसले उम्मेदवार तय गरेको हो।

कांग्रेसले निर्वाचन क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ ।

क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरेको छ ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell