चितवनः पहिलो चरणको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय राजनीतिमा नै ध्यान केन्द्रीत भएको भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणतर्फ गइरहँदा थप प्रतिस्पर्धी बन्दै गएको छ।
पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेकपा एमालेका देवी ज्ञवालीले ३५००९ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३३३६८ मत ल्याएकी छन् । दाहाल भन्दा ज्ञवाली १६ सय ४१ मतले अगाडि छन् ।
मतगणनाको क्रम अन्त्यतिर पुग्नै लाग्दा पनि कसको जित हुन्छ भन्नसक्ने अवस्था छैन ।