PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

बिजुक्छे भन्छन्–सरकारमा जाँदैनौं, जनताका हकअधिकारका लागि आवाज उठाइरहन्छौं



रासस

बिजुक्छे भन्छन्–सरकारमा जाँदैनौं, जनताका हकअधिकारका लागि आवाज उठाइरहन्छौं

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ गठन हुने सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताएका छन्।

नवनिर्वाचित पदाधिकारीको स्वागतमा भक्तपुरस्थित इवामुरा मेमोरियल अस्पतालले आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष बिजुक्छेले  नयाँ गठन हुने सरकारमा सहभागी नहुने स्पष्ट पार्दै आफ्नो पार्टी प्रतिपक्षमा बसेर जनताको हकअधिकारका लागि आवाज उठाइरहने बताए।

उनले चुनाव हुँदै गरेको अहिलेको समयमा नयाँ सरकार गठन आचारसंहिता विपरीत भएकोसमेत बताए। 

अध्यक्ष बिजुक्छेले नेमकिपा सङ्घीय संरचनाअनुरुप हुने सबै निर्वाचनका पक्षमा रहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell