PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

२८३ मध्ये २८० स्थानीय तहको मतपरिणाम सार्वजनिक, ३ को आउन बाँकी



पहिलोपोस्ट

२८३ मध्ये २८० स्थानीय तहको मतपरिणाम सार्वजनिक, ३ को आउन बाँकी

काठमाडौंः पहिलो चरणको निर्वाचन भएका २८३ स्थानीय तह मध्ये अहिलेसम्म २८० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ। 

आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र(जेइओसी) बाट प्राप्त जानकारी अनुसार २८० स्थानीय तहबाट १३ हजार ३३ उम्मेदवार निर्वाचित भएका छन्। आयोगका अनुसार अब तीन स्थानीय तहको मतपरिणाम आउन बाँकी छ। 

पछिल्लो मतपरिणाम अनुसार नगरप्रमुख वा अध्यक्षमा २८०, उपाध्यक्ष/उपप्रमुख २८०, वडा अध्यक्ष २ हजार ५२६, वडा सदस्य पाँच हजार ४६, महिला सदस्य दुई हजार ५२१, दलित महिला सदस्य दुई हजार ३८० जना निर्वाचित भएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell