PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

म्यान्चेस्टर हमलाका कारण बेलायतमा निर्वाचन अभियान अवरुद्ध



रासस

म्यान्चेस्टर हमलाका कारण बेलायतमा निर्वाचन अभियान अवरुद्ध
फोटो श्रोतःtheintercept.com

बेलायतः बेलायतको म्यान्चेस्टरमा केहीदिन अघि भएको हिंसात्मक हमलाका कारण असुरक्षा भएको भन्दै बेलायतका राजनीतिक दलले निर्वाचन प्रचारप्रसार अभियान रोकेका छन्। 

राष्ट्रिय सुरक्षामा चुनौती अनुभव गरिएको भन्दै शुक्रबारदेखि निर्वाचन अभियान स्थगित गरिएको बताइएको छ। 

बेलायतको म्यान्चेस्टरमा गत सोमबार एउटा सांगितीक कार्यक्रम भईरहेको ठाउँमा लिबियाआवद्ध जिहादी सञ्जालको हात रहेको आतङ्कवादी हमलामा परी २२ जनाको मृत्यु भएको थियो भने, अरु कैयौ घाइते भएका थिए। 

बेलायतका प्रधानमन्त्री टेरेसा मे र मजदुर नेता जेरेमी कोर्बाइनले गत २२ मे सोमबार साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै भएको भीषण आतङ्ककारी आक्रमणपछि आ–आफ्नो निर्वाचन आभियानलाई स्थगित गरेका छन्।

विस्फोटनको घटनामा संलग्न भएको आशंकामा आठ जनालाई नियन्त्रणमा लिइएको छ भने इस्लामिक स्टेट्स लडाकूहरुको समूहले घटनाको जिम्मेवारी लिएको छ। 

बिस्फोटको घटनाले सर्वसाधारण अत्यन्त भयभीत भएका छन् ।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell