PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

पिएम कप क्रिकेट : वर्षाका कारण पूर्वाञ्चल र सुदूरपश्चिम बीचको खेल रद्ध, पूर्वाञ्चल बाहिरियो



पहिलोपोस्ट

पिएम कप क्रिकेट : वर्षाका कारण पूर्वाञ्चल र सुदूरपश्चिम बीचको खेल रद्ध, पूर्वाञ्चल बाहिरियो

काठमाडौं : दोस्रो इनिङमा वर्षा बाधक बनेपछि प्राइममिनिस्टर कप क्रिकेट अन्तर्गत पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चल बीच शुक्रबार भएको खेल रद्ध भएको छ।

खेल रद्ध भएसँगै समूह बी मा रहेका दुवै टोलीले १/१ अंक बाँडेका छन्।

पूर्वाञ्चलले ४ ओभरमा ४ विकेट गुमाएर २२ रन बनाउँदा पानी पर्न सुरु भएपछि खेल रोकिएको थियो। त्यसपछि निरन्तर वर्षा बाधक बनेपछि दुवै टोलीले अंक बाँडेका हुन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ४५.२ ओभरमा १५३ रनमा अलआउट भएको थियो।

समूह चरणमा तीनवटै खेल खेलिसकेको पूर्वाञ्चल १ अंक मात्रै जोड्दै समूह बी बाट बाहिरिएको छ। यता दुई खेल खेलेको सुदूरपश्चिमको १ अंक छ र समूहमा अब त्रिभुवन आर्मीसँग खेल्न बाँकी छ।

पूर्वाञ्चल र सुदूरपश्चिमले अंक बाँडेसँगै नेपाल पुलिस एक खेल बाँकी छदै सेमिफाइनल प्रवेश गरेको छ।

नेपाल पुलिसले समूह बी को अन्तिम खेलमा आइतरबार आर्मीसँग प्रतिस्पर्धा गरन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell