.jpg)
काठमाडौं : नेपाली महिला फुटबलमा संरचनागत परिवर्तन गर्ने उद्देश्यका साथ यही जेठ १६ गतेबाट एन्फा महिला लिग च्याम्पियनसिप फुटबल आयोजना हुने भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार पत्रकार सम्मेलन गर्दै पाल्पा र स्याङ्जामा प्रतियोगिता गर्ने जानकारी गराएको हो।
जेठ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कूल २८ जिल्लाका टिमले भाग लिनेछन्। जसमध्ये १४ टीमले स्याङ्जा तथा १४ टिमले पाल्पामा खेल्नेछ। र दुवै जिल्लाका उत्कृष्ट टिमले फाइनल खेल्नेछन्।
प्रतियोगिताको विजयेताले नगद ३ लाख तथा उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षक प्रत्येकालई १५ हजार प्रदान गरिनेछ।
सबै जिल्लाको खेलाडी तथा टिमको आउने जाने र बस्ने खर्च एन्पाले नै बेहोर्ने छ। प्रतियोगिता सम्पन्न गर्न करिब ६३ लाख लाग्ने एन्फाले जनाएको छ।
२०१८ को साफ च्याम्पियनसिपलाई मध्यनजर गर्दै महिला फुटबल प्रतियिगता गर्न लागिएको एन्फा सिइओ इन्द्रमान तुलाधरले बताए।
महिला फुटबललाई वर्षैभरी व्यस्त राख्न संरचनागत सुधार गर्दै महिला लिग च्याम्पियनसिप गर्न लागिएको हो। सिईओ मानन्धरले भने 'अब जिल्ला तह देखि नै महिला फुटबलको विकास गर्दै अगाडी बढाउनु जरुरी छ। जसले गर्दा नेपाली फुटबलको स्तर समेत वृद्धि हुन्छ। र हाम्रो मुख्य लक्ष्य भनेको साफ च्याम्पियन बन्ने नै हो।
राष्ट्रिय टिममा रहेका खेलाडीले आ-आफ्नो जिल्बाट खेल्न पाउनेछन्। प्रतियोगितापश्चात राष्ट्रिय टिममा रहेका बाहेक उत्कृष्ट ३० खेलाडी छनौट गरिने एन्फाले जनाएको छ।
त्यसपछि उक्त ३० खेलाडी ३ विभागीय क्लबलाई बराबरी बाँडिनेछ र कूल ६ वटा विभागी टिम निर्माण गरी पहिलो महिला राष्ट्रपति लिग कप गराउने सिइओ मानन्धरले जानकारी दिए।
खेल तालिका :
स्याङ्जामा हुने खेल तालिका
पाल्पामा हुने खेल तालिका