
काठमाडौंः प्रतिवन्धित भारतीय नोटको कारोबारमा संलग्न दश जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले प्रतिवन्धित भारतीय पाँच सय र एक हजार दरका नोटको कारोबारमा संलग्न दशजनालाई पक्राउ गरेको हो।
प्रहरीले धादिङका विमल गुरुङ, ऋषु गिरी, राजु थापा, काठमाडौंका सन्तोष खत्री, सुनसरीका नवराज बस्नेत, कैलालीका कैया चौधरी, बाराका रामेश्वर चौधरी, काठमाडौं बुढानिलकण्ठका नरेन्द्रबहादुर महरा, रामेछापका बेलकुमारी कार्की र कुमार कार्कीलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट १८ लाख ४४ हजार रुपैयाँ बरामद गरेको जनाएको छ । प्रहरीले उनीहरुलाई राजश्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।