.jpg)
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा दोस्रो संस्करणको ललित स्मृती यू-१८ कप फुटबल प्रतियोगिता भोलीबाट सुरु हुँदैछ।
एन्फाको पूर्व कार्यवाहक अध्यक्ष ललित श्रेष्ठको स्मृतीमा गतवर्ष देखि यू-१९ फुटबल हुन थालेको हो।
शुक्रबार एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेनलमा एन्फा अध्यक्ष नरेन्द्र लाल श्रेष्ठले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए।
नेपाली फुटबलमा उहाँ (ललित) पुर्याएको योगदानको कदर गर्दै यो प्रतियोगिता गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए।
प्रतियोगितामा ए डिभिजन क्लबहरु, राष्ट्रिय होम एण्ड अवे लिग खेलिसकेका मोफसलको जिल्ला टोली र गत सिजन बी बाट ए डिभिजनमा बढुवा भएका क्लबहरुले सहभागिता जनाउनेछन्।
एन्फाले कूल १८ क्लबलाई सहभागिताका लागि आमन्त्रण गरेपनि दुई ए डिभिजन क्लब थ्री स्टार र मच्छिन्द्रले भने प्रतियोगितामा भाग लिने छैनन्।
थ्री स्टारकै अध्यक्ष रहेको बेला निधन भएका ललितको स्मृतीमा गरेको प्रतियोगितामा थ्री स्टार नै सहभागी नहुनु किन भन्ने प्रश्नमा एन्फा अध्यक्ष श्रेष्ठले भने, 'थ्री स्टार र एन्फाबीच केही विवाद छ। थ्री स्टारलाई सहभागिको लागि पत्र पनि पठाएको हो, २५ दिनअघि सकरात्मक सन्देश आएको थियो तर विवादकै कारण सहभिगता गराउन सकिएन।'
प्रतियोगिताको उद्घाटन खेल रमपम झापा र च्यासल युथ क्लबबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।
प्रतियोगिताको विजेताले नगद ३ लाख तथा उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले नगद १५ हजार पाउनेछन्।
सहभागी टिमहरुलाई तयारी वापत नगद १ लाख उपलब्ध गराएको समेत एन्फाले जनाएको छ।
ललितकृष्णको पुण्य तिथिकै दिन जेठ २९ गते युथ प्रतियोगिताको फाइनल हुनेछ।
एएफसीको आयोजनामा आगामी अक्टोबरमा किर्गिस्तानमा हुने एएफसी यू-१९ च्याम्पियनसिपका लागि प्रारम्भिक छनौटका रुपमा पनि यस प्रतियोगितालाई लिइने एन्फाले जनाएको छ।
यस्तै फिफा र एएफसीको निर्देशन अनुसार क्लब लाइसेन्सीङ प्रक्रियामा रहेका क्लबहरुलाई युवा टिम तयार पार्न समेत यसले सहयोग पुग्ने एन्फाले जनाएको छ।
खेल तालिका :