PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

एसियन जुडो च्याम्पियनसिपमा नेपाली महिला खेलाडीको ऐतिहासिक जित



पहिलोपोस्ट

एसियन जुडो च्याम्पियनसिपमा नेपाली महिला खेलाडीको ऐतिहासिक जित

काठमाडौं : मनिता श्रेष्ठ प्रधान एसियन जुडो च्याम्पियनसिपमा बाउट जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन्।

हङकङमा भइरहेको च्याम्पियनसिपमा मनिताले महिला ५७ केजी तौल मूनी समूहमा आयोजक राष्ट्रकी के क्वोकलाई पराजित गर्दै ऐतिहासिल उपलब्ध हात पारेकी हुन्।

नेपाली खेलाडीले एसियन च्याम्पयनसिपमा जित हासिल गरेको २९ वर्षयता यो पिहलो पटक हो। सन् १९८८ मा ऋषी राम प्रधानले सिरियामा भएको च्याम्पियनसिपमा मकाउका खेलाडीलाई हराएका थिए।

नेपाल जुडो संघका सहायक महासचिव सूर्य नारायण श्रेष्ठका अनुसार त्यसअघि सन् १९९६ मा नेपालका गंगा बहादुर डंगोलले कुवेत र फिलिपिन्सका खेलाडीलाई पराजित गरेका थिए।

पहिलो चरणमा जित हात पारेकी नेपालकी १७ वर्षिय मनिता अर्को चरणमा भने मगोलियन खेलाडी एस. दोर्जसुरेनसँग पराजित भइन्।

मनिता बाहेक अन्य नेपाली खेलाडीहरु भने पहिलो चरणमै पराजित भए। ओलम्पियन फुपूल्हामु खत्री ६३ केजीमुनी चिनिया खेलाडी जे लीसँग पराजित भइन्।

पुरुषतर्फ ६६ केजीमुनी तौल समूहमा नेपालका इन्द्र श्रेष्ठ कजाकस्तानका वाइ ज्रोमाकानोभसँग,ऽ ६० केजीमुनी किरण गौडेल उत्तर कोरियाका वाइ पार्कसँग र ७३ केजीमुनी सन्जित डंगोल कतारका एम रेवाहीसँग पराजित भए।

यस्तै महिलातर्फ ५२ केजीमुनी लिला अधिकारी दक्षिण कोरियाली डी पार्कसँग पराजित भइन्। अब नेपालबाट पुरुष ८१ केजीमुनी मोहन सुनुवारले सिंगापुरका जि चोउसँग शनिबार खेल्नेछन्।

शनिबारसम्म सञ्चालन हुने च्याम्पियनसिपमा एसियाका २८ राष्ट्रका २४२ खेलाडीले सहभागिता जनाएको इन्टरनेशनल जुडो फेडेरेसनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell