PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

'नौ महिना पूरा भ'को गर्भवतीलाई बच्चा नजन्माउन अन्तरिम आदेश त दिएको छैन नि!'



पहिलोपोस्ट

'नौ महिना पूरा भ'को गर्भवतीलाई बच्चा नजन्माउन अन्तरिम आदेश त दिएको छैन नि!'

काठमाडौं :  सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप गर्ने सरकारी निर्णयलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्‍यो। त्यसलगत्तै सामाजिक सञ्जालमा त्यसका विषयमा बहस छेडियो। बहससँग व्यङ्ग्यहरु पनि थपिए। 

ट्वीटर प्रयोगकर्ता प्रदीप अर्यालले लेखेका छन्,

 

नौ महिना पूरा भएको गर्भवतीलाई बच्चा नजन्माउन अन्तरिम आदेश त दिएको छैन नि अति सम्माननीय सर्वोच्च अदालतले?'

 

त्यस्तै गोलाची नाम गरेका व्यक्ति लेख्छन्, 'सर्वोच्च अदालत(मुख्य प्रतिपक्षी), हैट!

 

झल्के पल्केको भाव भने यस्तो छ, 'सर्वोच्च अदालत जिन्दाबाद ! एमालेको मुद्धामा एमाले कै फैसला! न्यायाधीश तोत्ने सुशीला जिन्दाबाद

प्रदीप दहाल व्यङ्ग्य गर्छन्, 'अस्ति तेत्रो दिपावली गर्दा लागेको खर्च कस्ले बेहोर्ने, सपना मल्ल? साँची सर्वोच्च अदालत पो त है :)

सुदीप सिलवालको व्यङ्ग्य यस्तो छ, 'ए ! शुरु नै पो भैसक्यो। रिसको झोंकमा मन्त्रिपरिषद्बाटै सर्वोच्च अदालत खारेजीको निर्णय गर्छन् कि के हो !!

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell