PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

एमालेको अवरोधले राष्ट्रपतिले आज पनि पाइनन् धन्यवाद, यस्तो थियो अवरोध हेर्नुस् भिडियो



पहिलोपोस्ट

एमालेको अवरोधले राष्ट्रपतिले आज पनि पाइनन् धन्यवाद, यस्तो थियो अवरोध हेर्नुस् भिडियो
फाइल फोटो

काठमाडौँ : नेकपा एमालेको अवरोधका कारण संसद बैठक शनिबार १ बजेसम्मका लागि स्थगित भएको छ।

नेकपा एमालेले शुक्रबारका संसदका दुवै बैठकमा अवरोध गरेको हो। शुक्रबार १ बजेको बैठकमा मौन रुपमा अवरोध गरेको एमालेले दोश्रो ४ बजेको बैठकमा भने आफ्ना माग राखेको थियो। एक बजे देखि ४ बजेको बीचमा सभामुख ओनसरी घर्तीले संसद चलाउने विषयमा दलका नेताहरुसँग परामर्शको प्रयास गरेपनि नेताहरु उपलब्ध भएनन्।

दोश्रो बैठकमा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसदीय दलको तर्फबाट स्थानीय तहको संख्या थपको विरोध, प्रधान न्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोग प्रस्ताव फिर्ता, पहिलो चरणको निर्वाचनमा सरकारद्वारा गरिएका गलत क्रियाकलापका लागि संसदीय छानविन समिति गठन र टिकापुर घटनामा मारिएका व्यक्तिको मुद्दा फिर्ता लिएर उन्मुक्ति दिने विषयको विरोधमा सदन अवरोध गरेको बताएका थिए।

सभामुख घर्तीले प्रमुख प्रतिपक्षीले उठाएको मागका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको भन्दै आशन ग्रहण गर्न पटकपटक आग्रह गर्नुभए पनि प्रतिपक्षले अस्वीकार ग¥यो । 

सभामुखले बिहीबार आगामी आर्थिक वर्ष २०७४/७५ का लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको र उनलाई धन्यवाद ज्ञापन गर्नसमेत संसद्को बैठक चलाउनुपर्ने संवैधानिक बाध्यता रहेको जानकारी गराए। 

उनले सरकारको नीति तथा कार्यक्रम पारित नभइकन आगामी आवको बजेट ल्याउन नपाउने तथा यही जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता भएकाले सदन चल्नुपर्ने अवस्था रहेको भन्दै आशन ग्रहण गर्न प्रतिपक्षी दललाई आग्रह गरिन्। 

सभामुखको पटकपटकको आग्रहलाई प्रतिपक्षी दलले अस्वीकार गर्दै आशन ग्रहण नगरेपछि शनिबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइन्। 

संसदमा सरकारका तर्फबाट राष्ट्रपतिले बिहिबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। तर राष्ट्रपतिलाई धन्यवाद दिनेदेखि नीति तथा कार्य्रकम संसदमा टेबल हुनेसम्मका कार्यसूची अवरोधले प्रभावित भएका छन्।

बिहीबार पनि संसदको दोश्रो बैठकमा एमालेले मौन रुपमा उभिएर विरोध जनाएको थियो।

यसैबीच शनिबार सभामुख ओनसरी घर्तीले संसद सुचारु गर्ने विषयमा दलहरुसँग परामर्श गर्ने भएकी छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell