PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

काठमाडौं ९ र १५ मा एमाले विजयी



रासस

काठमाडौं ९ र १५ मा एमाले विजयी

काठमाडौंः काठमाडौँ महानगरपालिकका वडा नम्बर ९ र १५ मा नेकपा एमाले विजयी भएको छ । 

पछिल्लो मतपरिणाम अनुसार वडा नं ९ का वडा अध्यक्षमा एमालेका रामकृष्ण श्रेष्ठ दुई हजार ५१७ मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गौतमले दुई हजार १५६ मत प्राप्त गरेका छन्। 

महिला सदस्यमा सिर्जना भेटुवाल, दलित महिला सदस्यमा रचना सुनाम तथा खुला सदस्यमा टेकराज अधिकारी र श्रीराम राई विजयी भएका छन्। 

त्यसैगरी, वडा नं १५ मा ईश्वरराज डङ्गोल चार हजार ९०५ मत ल्याई विजयी भएका छन्।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजु खरेलले दुई हजार २०२ मत प्राप्त गरेका छन्। महिला सदस्यमा मैया महर्जन, दलित महिला सदस्यमा अनिता परियार तथा खुला सदस्यमा आनन्दराज गौतम र निमा तमाङ विजयी भएका छन् । 

हालसम्म २९ वडाको मतगणना सकिएको तथा तीन वडाको नतिजा आउन बाँकी छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell