
झापाः नेकपा माओवादी केन्द्रले बिर्तामोड नगरपालिकाका प्रमुख/उपप्रमुखसहित ५२ उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
बिर्तामोडमा शुक्रबार आयोजित उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्रका झापा संयोजक मणिकुमार साम्पाङले बिर्तामोड नगरपालिका प्रमुखमा सिपी कडरिया र उपप्रमुखमा लक्ष्मी न्यौपाने उम्मेदवार चयन गरेको जानकारी दिए।
माओवादी केन्द्रले नगरका दश वटा वडाका अध्यक्ष र सदस्यको पनि टुङ्गो लगाएको छ।रासस