PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बर्दियाका ६ स्थानीय तहमा प्रमुख दलद्वारा उम्मेदवार चयन



रासस

बर्दियाका ६ स्थानीय तहमा प्रमुख दलद्वारा उम्मेदवार चयन

बर्दिया: जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि बर्दियाका प्रमुख दलले उम्मेदवारको टुङ्गो लगाएका छन्। 

छ नगरपालिका र दुई गाउँपालिका गरी आठ स्थानीय तह रहेको बर्दियामा नेपाली कांग्रेसले दुई नगरपालिकाबाहेक सबैमा उम्मेदवार छनोट गरेको जिल्ला सभापति सञ्जय गौतमले जानकारी दिए।

दुई वटामा जेठ १४ गतेसम्म टुङ्गो लाग्ने बताइएको छ । यसैगरी, नेकपा एमालेले नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष र सदस्य गरी सबै उम्मेदवार टुङ्गो लगाएको एमाले जिल्ला अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए। 

यसैगरी नेकपा माओवादी केन्द्रले लामो समयको छलफलपछि राजापुर नगरपालिकाबाहेक अरु सबै नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखसहित वडाध्यक्ष र सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ। 

त्यस्तै, राप्रपाले सबै नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुखसहित वडाध्यक्ष र सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ। 

कांग्रेस 

गुलरिया नगरपालिका प्रमुखमा मुक्तिनाथ यादव र उपप्रमुखमा सुशीला गिरी, बाँसगढी नगरपालिका प्रमुखमा गङ्गाधर पौडेल र उपप्रमुखमा रत्ना थारु, बारबर्दिया नगरपालिका प्रमुखमा पर्शुराम थारु र उपप्रमुखमा कोपिला गिरी, राजापुर नगरपालिका प्रमुखमा दीपकजङ्ग शाह र उपप्रमुखमा तारा चौधरी, गेरुवा गाउँपालिका अध्यक्षमा जवानसिंह केसी र उपाध्यक्षमा हेमा थारु, बढैया गाउँपालिका अध्यक्षमा मानबहादुर बुढा र उपाध्यक्षमा भगनदैया थारु। 

 

एमाले 

गुलरिया नगरपालिका प्रमुखमा हरि ज्ञवाली र उपप्रमुखमा टीका सम्सेली मगर, बाँसगढी नगरपालिका प्रमुखमा शालिकराम अधिकारी र उपप्रमुखमा सुष्मा चौधरी, ठाकुरबाबा नगरपालिका प्रमुखमा घननारायण श्रेष्ठ र उपप्रमुखमा बिना भट्टराई, मधुवन नगरपालिका प्रमुखमा दुर्गाबहादुर वली र उपप्रमुखमा हिरा चौधरी, बारबर्दिया नगरपालिका प्रमुखमा रामबहादुर चौधरी र उपप्रमुखमा पुष्पा वली, राजापुर नगरपालिका प्रमुखमा पहाडी थारु र उपप्रमुखमा कृष्णी चौधरी, गेरुवा गाउँपालिका अध्यक्षमा नुतनकुमार चौधरी र उपाध्यक्षमा मञ्जु शर्मा, बढैया गाउँपालिका अध्यक्षमा लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा दीपा गौतम । 

माओवादी केन्द्र 

गुलरिया नगरपालिका प्रमुखमा गेहेन्द्र ढकाल र उपप्रमुखमा मिथिला फुयाँल, बाँसगढी नगरपालिका प्रमुखमा बिनाराम थारु र उपप्रमुखमा भूमि विक, ठाकुरबाबा नगरपालिका प्रमुखमा नेत्रराज आचार्य र उपप्रमुखमा कृष्ण कुष्माथारु, मधुवन नगरपालिका प्रमुखमा गणेश केसी र उपप्रमुखमा सुगरानी थारु, बारबर्दिया नगरपालिका प्रमुखमा दुर्गाबहादुर थारु र उपप्रमुखमा अञ्जु दहित, गेरुवा गाउँपालिका अध्यक्षमा बेहगराज चौधरी, र उपाध्यक्षमा लीला थारु, बढैया गाउँपालिका अध्यक्षमा लल्लुराम थारु र उपाध्यक्षमा राधा आचार्य। 

राप्रपा 

गुलरिया नगरपालिका प्रमुखमा मनोजकुमार बर्मा, मधुवन नगरपालिका प्रमुखमा नरेशजङ्ग शाह र उपप्रमुखमा शारता सिंह, राजापुर नगरपालिका प्रमुखमा जीवराज रेग्मी र उपप्रमुखमा रामकली थारु, ठाकुरबाबा नगरपालिका प्रमुखमा श्रीराम थारु र उपप्रमुखमा अमृता खड्का, बारबर्दिया नगरपालिका प्रमुखमा हरिश्चन्द्र शाह र उपप्रमुखमा उपप्रमुखमा जयन्ती विष्ट, बाँसगढी नगरपालिका प्रमुखमा रामचरण चौधरी र उपप्रमुखमा धनादेवी थापा, गेरुवा गाउँपालिका अध्यक्षमा टेकलाल थारु र उपाध्यक्षमा सरस्वती चौधरी, बढैयाताल गाँउपालिका अध्यक्षमा कलबहादुर हमाल र उपप्रमुखमा सीता पौडेल। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell