
धुलिखेलः काभ्रेको पाँचखाल नगरपालिका वडा नं ९ मा शुक्रबार दिउसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईका अनुसार अपरान्ह ४ बजेतिर आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर ३५ वर्षीया रमा भेटवालको मृत्यु भएको हो । रासस