
काठमाडौं : जर्मनीमा हुने विश्व टेबलटेनिस च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार जर्मनीको दसलदर्फ प्रस्थान गरेको छ।
मे २९ देखि जुन ५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष र महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
पुरुषमा शिवसुन्दर गोथे र अमरलाल मल्ल तथा महिलामा नवीता श्रेष्ठ र स्वेच्छा नेम्वाङ रहेका छन्। नेपाली खेलाडीले सिंगल्स, डबल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन्।
टिम व्यवस्थापकमा नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य छन्। अध्यक्ष वैद्यले त्यस दौरान विश्व टेबलटेनिस महासंघको साधारणसभामा पनि भाग लिने बताइएको छ।