
कायरो : इजिप्टको दक्षिणी मिन्था प्रान्तमा एक अज्ञात बन्दुकधारीको समूहले बस चढेर चर्चमा गइरहेका क्रिस्चियन धर्मावलम्बीमाथि आक्रमण गर्दा कम्तीमा २५ जनाको मत्यु छ भने २३ जना घाइते भएका छन्।
दुई वटा कारमा आएको करिब १० जनाको समूहले कायरोदेखि दक्षिणमा अवस्थित स्यामुएल मोनास्ट्रीतर्फ हिँडेका दुई बसलाई रोकी बसमा रहेका तीर्थयात्रीमाथि अन्धाधुन्ध गोली चलाएको थियो।
बसमा सबै जना धार्मिक समारोहमा सहभागी हुन हिँडेका क्रिस्चियन धर्मावलम्बीहरु रहेका सुरक्षा अधिकारीहरुले बताएका छन्। घटनाप्रति कुनै पनि समूहले अहिलेसम्म जिम्मेवारी लिएको छैन।
इजिप्टको करिब नौ करोड २० लाख जनसङ्ख्यामध्ये करिब १० प्रतिशत कोप्टिक क्रिस्चियनको बसोबास रहेको छ। गत डिसेम्बरदेखि उनीहरु इस्लामिक अतिवादी समूहको निसाना बन्दै आएका छन् ।
यसअघिका क्रिस्चियन धर्मावलम्बीमाथि भएका आक्रमणको इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको थियो।
पछिल्लो पटक मे १९ मा आईएसद्वारा सार्वजनिक दृश्यचित्रमा सो समूहले गैरमुस्लिम समूहमाथि जहाँकहीँ आक्रमण गर्ने चेतावनी दिएको थियो ।
इजिप्टको शून्य समूह शेख अल अजारका महमद अल तैयवले इजिप्टवासीलाई यस्ता जघन्य आतङ्कवादी आक्रमणविरुद्ध एक भएर मुकाविला गर्न आग्रह गरेका छन्। रासस/सिन्ह्वा