PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अवरुद्ध संसद खोल्न एमाले सहमत, महाअभियोग फिर्ता लिन सत्तापक्ष तयार



रासस

अवरुद्ध संसद खोल्न एमाले सहमत, महाअभियोग फिर्ता लिन सत्तापक्ष तयार

काठमाडौंः व्यवस्थापिका संसद् बैठक सुचारु गराउन  नेकपा एमाले सहमत भएको छ।

सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा पहिलो चरणको निर्वाचनमा विभिन्न ठाउँमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गर्न, प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता गर्न र टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन सत्तापक्ष सहमत भएपछि संसद बैठक अघि बढाउने सहमति भएको हो । 

बैठकमा सहभागी नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पार्टीको माग सम्बोधन गर्न सत्तापक्ष तयार भएकाले आजैदेखि संसद् बैठक सुचारु हुने बताए। 

उनले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा पनि तीन दलवीच छलफल भएको बताए। 

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको स्थानीय निर्वाचन सुनिश्चित गराउन र सरकारको नीति तथा कार्यक्रम पारित गराउनेलगायत विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको जानकारी दिए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell