PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

इलामका चार नगरपालिकामा माओवादी केन्द्रद्वारा उम्मेदवार छनौट 



रासस

इलामका चार नगरपालिकामा माओवादी केन्द्रद्वारा उम्मेदवार छनौट 

इलामः नेकपा माओवादी केन्द्रले इलामका चार नगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार तय गरेको छ। 

माओवादी केन्द्रले नगरपालिका प्रमुखमा छविलाल आचार्य र उपप्रमुखमा प्रेमकुमारी गुरुङ तथा देउमाई नगरपालिका प्रमुखमा रामकुमार राई र उपप्रमुखमा शान्ता बस्नेतलाई उम्मेदवार बनाएको प्रचारप्रसार विभाग प्रमुख जीवन शर्माले जानकारी दिए। 

त्यस्तै, सूर्योदय नगरपालिकाको प्रमुखमा राज राई र उपप्रमुखमा टीका घिमिरे तथा माई नगरपालिका प्रमुखमा भक्त लुङ्गेली र उपप्रमुखमा रञ्जना थापालाई उम्मेदवार बनाएको छ। 

नेकपा एमालेले १० स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र अन्य सदस्यको टुङ्गो लगाइसकेको छ। नेपाली कांग्रेसमा पनि उम्मेदवार छनौटको प्रक्रिया चलिरहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell