PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

हलो क्रान्तिका नायक अधिकारीको यसरी गरियो सम्झना



रासस

हलो क्रान्तिका नायक अधिकारीको यसरी गरियो सम्झना

काठमाडौंः २००६ सालका हलो क्रान्तिका नायक श्रीकान्त अधिकारीको सम्झना गरिएको छ । 

अधिकारीको ९० औँ जन्मजयन्तीका अवसरमा शनिबार दुरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानले कार्यक्रम गरी २००६ सालमा लमजुङको दुराडाँडामा ब्राम्हणले हलो जोतेर सामाजिक अभियानको थालनी गरेका अधिकारीको सम्झना गरिएको हो । 

लमजुङको दुराडाँडामा जन्मिएका अधिकारीले लमजुङ मात्र नभएर मुलुककै सामाजिक, आर्थिक र राजनीतिक विकासमा ठूलो भूमिका खेलेका थिए। अधिकारी २०१५ सालमा नेपाली कांग्रेसकातर्फबाट निर्वाचित सांसदसमेत बनेका थिए। 

कार्यक्रममा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सामाजिक क्षेत्रमा परिवर्तन गर्नुपर्ने मान्यताअनुरुप अधिकारीले हलो क्रान्तिको थालनी गरेका बताए।

लमजुङ क्षेत्र नं– २ का सांसद चन्द्रबहादुर कुँवरले लमजुङको राजनीतिक, आर्थिक र सामाजिक विकासमा अधिकारीको ठूलो योगदान रहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell