PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

अफगानिस्तानको खोस्टमा कार बम हमला, १८ जनाको मृत्यु



रासस

अफगानिस्तानको खोस्टमा कार बम हमला, १८ जनाको मृत्यु

अफगानिस्तानः अफगानिस्तानको पुर्वी सहर खोस्टमा गरिएको आत्मघाती कार बम हमलामा कम्तीमा १८ जनाको मृत्यु भएको छ। 

‘क्याम्पीयन फोर्स’ नामक स्थानीय सुरक्षा अधिकारीलाई लक्षित गरी आक्रमण भएको अधिकारीले बताएका छन्। 

सुरक्षाकर्मी आफ्नो शिविरतर्फ गइरहेको बेला ट्याक्सी पार्क गर्ने ठाउँ नजिकै कार बम हमला भएको थियो।  

घटनामा ठूलो संख्यामा सर्वसाधारण घाइते भएका छन्। घटनास्थल पाकिस्तानसँगको सीमा क्षेत्रमा पर्दछ। 

घटनाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। रमजानको तयारी भइरहेका बेला आक्रमण भएको हो। रासस/सिन्ह्वा 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell