PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

विमानभित्र फसेका पाइलटको पनि उद्दार, उपचारका लागि लगियो अस्पताल



पहिलोपोस्ट

विमानभित्र फसेका पाइलटको पनि उद्दार, उपचारका लागि लगियो अस्पताल
फोटो : सोलुअनलाइन

काठमाडौं : गोमा एयर दुर्घटना परेर ककपिटभित्रै रहेका पाइलटलाई उद्दारकर्ताले बाहिर निकालेका छन्। सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको कार्गो विमान दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी प्रमुख माधव बुढाथोकीले जानकारी दिए अनुसार दिउँसो १:३० बजे काठमाडौंबाट कार्गो लिएर उडेको विमान लुक्ला विमानस्थल नजिकै दुर्घटना भएको हो। विमानमा सवार एक परिचालिका र दुई पाइलटको उद्दार गरिएको छ।

परिचालिकालाई आधा घन्टाअघि नै उद्दार गरिए पनि पाइलट द्वयलाई भने त्यसको आधा घन्टापछिमात्र उद्दार गरिएको हो। सबैलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

विमानमा तीनजना चालक दलका सदस्यमात्र थिए। क्याप्टेन पारश राई, कोपाइलट सृजन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जनको उपचार भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell