PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

पिएम कप क्रिकेट : जितेन्द्र मुखियाको ६ विकेट, आर्मी सेमिफाइनलमा



पहिलोपोस्ट

पिएम कप क्रिकेट : जितेन्द्र मुखियाको ६ विकेट, आर्मी सेमिफाइनलमा
फोटो : पिएम कपको फेसबुक पेज

काठमाडौं : फास्ट बलर जितेन्द्र मुखियाले शानदार बलिङ गर्दै ६ विकेट लिएपछि त्रिभुवन आर्मीले प्राइम मिनस्टर कप क्रिकेटमा शनिबार सुदूरपश्चिमलाई ८ विकेट पराजित गरेको छ।

५१ रनको झिनो लक्ष्य आर्मीले ६.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो।

समूह चरणमा लगातार दोस्रो जितपछि आर्मी एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ। यस अघि नै लगातार दुई खेल जितेको नेपाल पुलिस सेमिफाइनल पुगिसकेको छ।

पूर्वाञ्चलसँगै सुदूरपश्चिम भने समूह चरणबाटै बाहिरिएका छन्। यी दुईले समूह बी मा कुनै खेल जित्न सकेनन्।

कीर्तिपुरस्थती टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम जितेन्द्रको धातक बलिङ सामु टिक्न सकेन र २२ ओभर मात्र क्रिजमा टिक्दै ५० रनमा अलआउट भयो।

सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न आर्मीका जितेन्द्र एक्लैले ६ विकेट लिए। जारी प्रतियोगिताको एकै खेलमा ६ विकेट लिने जितेन्द्र पहिलो खेलाडी समेत बनेका छन्।

१० ओभर बलिङ गरेका जितेन्द्रले ३ मेडन राखेर २२ रन खर्चिदै ६ विकेट लिएका हुन्। यस्तै ६ ओभर बलिङ गर्दै १ मेडन राखेका सागर पुनले १० रन मात्र दिएर ३ विकेट झारे भने सुशन भारीले १ विकेट लिए।

सुदूरपश्चिमका बसन्त खत्रीले २० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। सुदूरपश्चिमा ५ खेलाडीले रनको खाता समेत खोल्न सकेनन्।

५१ रनको लक्ष्य पछ्याएको आर्मीको जितमा कप्तान विनोद भण्डारीले नटआउट २१ रनको योगदान गरे। यस्तै ओपनरद्वय सागर पुन र अनिल मण्डलले समान १० रन जोडे। नरेश बुढाएर ६ रनमा नटआउट रहे। सुदूरपश्चिमका सागर भण्डारी विनोद लामाले १/१ विकेट लिए।

अब आर्मी र पुलिसबीच आइतबार समूह बी को अन्तिम खेल हुनेछ। यी दुईको विजेता समूह विजेता बन्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell