PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

गन्न थालेको १४ औं दिन आउँदैछ काठमाडौंको पूरै मत परिणाम



पहिलोपोस्ट

गन्न थालेको १४ औं दिन आउँदैछ काठमाडौंको पूरै मत परिणाम

काठमाडौं : जेठ १ गतेबाट लगातार रुपमा भइरहेको काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।

यो समाचार तयार पार्दासम्म ९ हजार चानचुन मतमात्र गन्न बाँकी छ। भोलि (आइतबार) बिहानदेखि बेलुकासम्ममा अन्तिम मतपरिणाम आइसक्ने निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले पहिलोपोस्टलाई जानकारी दिए। 

उनले भने, 'हामी अन्तिम चरणमा छौं। आशा गरौं भोलिसम्म सबै मतपरिणाम आउँछ।' 

महानगर भित्र रहेका ३२ वडा मध्ये १४ र १६ नम्बर वडाको मात्र मत परिणाम आउन बाँकी छ। शुक्रबारबाट दुई वडाको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार १४ नम्बर वडामा कुल १३ हजार ९ सय मतदाता रहेका छन्। ठमेल, नयाँ बजार क्षेत्र समेटिएको वडा नम्बर १६ मा भने कुल १९ हजार ३ सय मतदाता रहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell