PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सलमान खानलाई चिठी लेख्ने मनिषाको चाहना



पहिलोपोस्ट

सलमान खानलाई चिठी लेख्ने मनिषाको चाहना

फिल्म 'डियर माया' बलिउड स्टार मनिषा कोइरालाको लामो समयपछिको कमब्याकका कारण पनि चर्चामा छ। महत्त्वकांक्षी रुपमा मनिषा कोइरालाले लिएकी छिन् यो प्रोजेक्टलाई। 

एउटा अज्ञात व्यक्तिको पत्रले लिड क्यारेक्टर मायादेवीको जीवनमा खुशी छाउँछ। चिठ्ठीकालीन संचारको युगलाई सम्झाउने छ फिल्मले। यही सन्दर्भमा उनलाई कुन हिरोलाई मनिषा कोइराला वास्तवमै पत्राचार गर्न चाहन्छिन् त? उनलाई एउटा भेटमा सोध्यौं।

उनले नअल्मलिकन फिल्म खामोसीका को-स्टार सलमान खानको नाम लिइन्। भनिन्, 'म वास्तविक जीवनमै हो भने सलमानलाई पत्र लेख्थेँ। म भन्न चाहन्थेँ – डियर सलमान, विइङ ह्युमन बनेर तिमीले साह्रै राम्रो काम गरिरहेका छौं। तिम्रो कदमलाई मेरो सलाम।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell