PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

दोस्रो चरणको निर्वाचनको तयारी पूरा, ९६ हजार कर्मचारी खटाइने



रासस

दोस्रो चरणको निर्वाचनको तयारी पूरा, ९६ हजार कर्मचारी खटाइने

काठमाडौंः निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक करिव ९६ हजार कर्मचारी खटाउने भएको छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनको सबै प्रकारको तयारी पूरा भएको जानकारी दिँदै सुरक्षाकर्मीबाहेक ९५ हजार ९३१ कर्मचारी खटिने जानकारी दिए । 

चार सय ६१ स्थानीय तहमा हुने दोस्रो चरणमा हुने निर्वाचनमा छ हजार ७१८ वटा मतदानस्थल र ११ हजार ९३१ मतदान केन्द्रमा ती कर्मचारी खटाउने आयोगले तयारी गरेको हो। 

चारवटा प्रदेशका ४३ जिल्लामा जेठ ६ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भई सञ्चालनमा आइसकेको छ।

मुख्य निर्वाचन अधिकृतका रुपमा सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशले जिम्मेवारी सम्हाल्ने छन् भने निर्वाचन अधिकृतको जिम्मेवारी निजामती सेवा वा न्याय सेवाका उपसचिवस्तरका कर्मचारीबाट हुनेछ। 

प्रवक्ता शर्माले केन्द्रबाट मतदाता नामावली, मतदाता परिचयपत्र, निर्वाचन बन्दोबस्तीका सबै सामान सम्बन्धित जिल्लामा पुर्याइसकिएको जानकारी दिए।

दोस्रो चरणको निर्वाचनमा १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिका गरी ४६१ स्थानीय तहमा निर्वाचन हुन लागेको हो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell