
काठमाडौं : डिफेण्डिङ च्याम्पियन नेपाल आर्मीले ललित स्मृती यू-१८ च्याम्पियनसिपमा शनिबार विजयी सुरुवात गरेको छ।
उद्घाटन खेलमा रमपम झापा-११ फुटबल क्लब र च्यासल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
एन्फा कमप्लेक्स सातदोवाटोमा भएको खेलमा आर्मीले सुदूरपश्चिम फुटबल क्लबलाई २-० ले पराजित गर्यो। आर्मीको जितमा विश्वास उदासले खेलको १४औं र दोर्जे तामाङले ६५औं मिनेटमा गोल गरे।
जितपछि मसूह बीमा आर्मीले ३ अंक जोडेको छ।
त्यसअघि एन्फा कम्प्लेक्समै भएको समूह ए को खेलमा झापा-११ र च्यासल युथले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। ३१औं मिनेटमा दिशान्त तामाङले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए।
तर इन्जुरी टाइममा मिंग्मा तेन्जिङले गोल गर्दै च्यासललाई अंक दिलाए। बराबरीपछि दुवै टोलीले १-१ बाँडेका छन्।
खेलअघि अखिल नेपाल फुटबल सघका अध्यक्ष नरेन्द्र लाल श्रेष्ठ र स्वर्गिय ललिल कृष्ण श्रेष्ठकी पत्नी निलु श्रेष्ठले रेफ्री विकास महतलाई बल हस्तानतरण गर्दै च्याम्पियनसिपको उद्घाटन गरेका थिए।
च्याम्पियनसिप अन्तर्गत आइतबार समूह सी का जगदम्बा लुम्बिनी फुटबल क्लब र न्युरोड टिम तथा समूह डी का सिएमजी सकटा क्लब र मोरङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।