PahiloPost

Aug 3, 2026 | १८ साउन २०८३

फोटोमा हेर्नुस् पोखरा लेखनाथ महानगरपालिकामा एमालेको विजयोत्सव

फोटोमा हेर्नुस् पोखरा लेखनाथ महानगरपालिकामा एमालेको विजयोत्सव

पहिलोपोस्ट /पहिलोपोस्ट


पोखरा : पोखरा लेखनाथ महानगरपालिकामा मेयर र उपपमेयर पदमा विजयी भएपछि शनिबार नेकपा एमाले पोखरा लेखनाथ महानगर कमिटीले विजयोत्सव मनाएको छ।

पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको विजयउत्सव र्‍याली पोखराको अमरसिंह चोकमा पुगेर सभामा परिणत भएको थियो।

सभामा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख उपप्रमुखमा विजयी तथा वडा अध्यक्ष र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्यलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला र अबिरले सम्मान गरेका थिए।

सभामा नवनिर्वाचित मेयर मानबहादुर जिसी र उपमेयर मञ्जु गुरुङले आफुले व्यक्त गरेका प्रतिबद्धतालाई तत्कालै अगाडि बढाउने बताए। उनिहरुले आफ्ना घोषणापत्रमा भएका ५ प्रतिबद्धतालाई कुनै पनि हालतमा ५ वर्षमा पूरा गर्ने बताए।

 



ट्रेन्डिङ पोस्ट

Ncell