PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बरको हाँगा भाँचिएर डोजर चालकको मृत्यु



रासस

गोरखा : गोरखाको पालुङटार नगरपालिका–२ चापाभञ्याङमा सडक स्तरोन्नति गर्ने क्रममा रुखको हाँगा भाँचिएर खस्दा डोजर चालकको घटनास्थलमै निधन भएको छ ।

 

चापाभञ्याङ शारदा माध्यमिक विद्यालय हुँदै पोखराबेँसी सडक स्तरोन्नति गर्ने क्रममाः एक्कासि बरको रुखको हाँगा डोजरमा बज्रिएको थियो ।

 

घटनामा परी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ का ३५ वर्षीय रामबहादुर लामाको आज दिउँसो घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए।

 

रुखको हाँगाले चालक लामाको टाउको र छातीमा चोट लागेको थियो। डोजरको अघिल्लो भाग पनि पूर्णरुपमा क्षति पुगेको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल, गोरखामा राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell