PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

रसियाली हवाई आक्रमणमा १२० आइएस लडाकुको मृत्यु



रासस

रसियाली हवाई आक्रमणमा १२० आइएस लडाकुको मृत्यु
फोटो श्रोतःjhaines6a.wordpress.com

सिरियाः सिरियाको राका र पालमिरा क्षेत्रमा रसियाली हवाई आक्रमण हुँदा कम्तीमा १२० इस्लामिक स्टेट (आइएस) समूहका लडाकुको मृत्यु भएको छ। 

रसियाली युद्धक विमानले आइएस लडाकुका उत्तरी सहर राकाबाट पालमिरालाई लडाकू र सामान लिएर गुडेका गाडीका समूहलाई लक्षित गरेर भएका आक्रमणमा १२० जनाको मृत्यु भएको बताइए पनि हवाई आक्रमण कुन समयमा गरिएको थियो भन्नेबारे केही बताइएको छैन। 

साना न्यूज एजेन्सीले मेसिनगनले सुसज्जित ३९ वटा ‘पिकअप’ गाडी पालमिरातर्फ हिँडिरहेका बेला आक्रमण भएको बताएको छ। 

सिरियाली सेना र यसको सहयोगी हेजबुल्लाह समूहलगायत रसियाली वायुसेनाले गरेको संयुक्त कारबाही सिरियाली सुख्खा क्षेत्रमा अवस्थित राजमार्गमा भएको र यसबाट सो क्षेत्रमा विद्रोही साह्रै कमजोर बनेको सिरियाली वसर अल असदको प्रशासनले जनाएको छ। 

प्रशासनले इराक र जोर्डन सीमालाई आइएसको उपस्थितिहीन अवस्थामा ल्याउन पछिल्लो कारबाही भएको बताइएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell