PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

नैतिकरुपमा चुनाव लडेर सैद्धान्तिक मत पाउनु आफैँमा जितः बिजुक्छे



रासस

नैतिकरुपमा चुनाव लडेर सैद्धान्तिक मत पाउनु आफैँमा जितः बिजुक्छे

भक्तपुरःनेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले इमान्दारीपूर्वक र नैतिकरुपमा चुनाव लडेर सैद्धान्तिक मत पाउनु आफैंमा निर्वाचनमा जित हासिल गर्नुसरह भएको बताएका छन्। 

नेमकिपा सूर्यविनायक नगर समन्वय समितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेलामा अध्यक्ष बिजुक्छेले झुटो आश्वासन बाँडेर वा पैसा, जागिर, लोभलालच देखाएर चुनाव जित्नुभन्दा कम मत आएपनि इमान्दारीपूर्वक र नैतिकरुपमा चुनाव लड्नु पनि नैतिक विजय भएको बताए। 

कम मत आएपनि नेमकिपा कार्यकर्ताले निराश हुनु आवश्यक नभएको बताउँदै अध्यक्ष बिजुक्छेले हारेको सिपाही झन् राम्रोसित लड्छ भन्ने उखान चरितार्थ गर्दै कार्यकर्तालाई सचेत र सङ्गठित हुँदै जनतामाझ जान आग्रह गरे। 

उनले भने – “पैसा, लोभलालचमा बिकेर भोट बेच्ने गलत संस्कार र बानीले भोलि देश नै गुम्ने खतरा छ । जनतालाई सचेत र सङ्गठित पार्ने काम निरन्तर आवश्यक छ।” रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell