PahiloPost

Jun 12, 2025 | ३० जेठ २०८२

कोपा डेल रे को उपाधि बार्सिलोनालाई, इनरिकेको सुखद बिदाइ



पहिलोपोस्ट

कोपा डेल रे को उपाधि बार्सिलोनालाई, इनरिकेको सुखद बिदाइ

स्पानिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ। गएराति भएको खेलमा अलाभेजलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले यस सिजनको एक मात्र उपाधि जितेको हो।

भिनसेन्ट कालडेरोनमा भएको खेलमा बार्सिलोनलाई जिताउन लियोनल मेसी, नेमार र पाको अल्कासेरले गोल गरे। अलाभेजका लागि थियो हर्नान्डेजले एक गोल फर्काए।

खेलको ३०औं मिनेटमा नेमारको पासमा मेसीले गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए। त्यसको ३ मिनेटपछि नै अलाभेजका हर्नान्डेजले गोल गर्दै खेल बराबरी गरे।

तर पहिलो हाफको अन्त्यतिर बार्सिलोनाले दुई गोल गर्दै अग्रता मजबुत बनायो। नेमारले ४४ औं मिनेटमा आन्द्रे गोमेजको पासमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए। पहिलो हाफकै इन्जुरी टाइममा मेसीको पास सदुपयोग गर्दै अल्कासेरले गोल गरेपछि बार्सिलोनाले ३-१ को अग्रता बनायो। दोस्रो हाफमा उक्त अग्रता कायम राख्दै बार्सिलोना च्याम्पियन बनेको हो।

बार्सिलोनाको यो २९औँ कोपा डेल रे उपाधि हो।

कोपा डेल रे को उपाधिसँगै प्रशिक्षक लुइस एनरिकेको बिदाइ पनि सुखद् भएको छ। यसअघि सिजन समाप्तिपछि बार्सिलोना छाड्ने बताएका एनरिकेको प्रशिक्षणमा बार्सिलोनाको यो अन्तिम खेल हो।

क्याटलान क्लब क्याम्प नोउमा ३ सिजन बिताएका एनरिकेले बार्सिलोनाका लागि २ ला लिगा, ३ कोपा डेल रे, १ युरोपियन च्याम्पियन्स्, एक युइएफए सुपर कप, एक फिफा क्लब वर्ल्ड कप र एक स्पानिस सुपर कपको उपाधि जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell