PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य, विजयी उम्मेद्वार नै नआएपछि परिणाम घोषणामा ढिलाई



पहिलोपोस्ट

काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य, विजयी उम्मेद्वार नै नआएपछि परिणाम घोषणामा ढिलाई

काठमाडौँ : काठमाडौँको महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन्। यस्तै उपमेयरमा कांग्रेस उम्मेद्वार हरिप्रभा खड्गी विजयी भएकी छन्। 

शाक्यले कांग्रेसका राजुराज जोशीलाई पराजित गरेका हुन्। यस्तै खड्गीले राप्रपा उम्मेद्वार राजाराम श्रेष्ठलाई पराजित गरेकी हुन्।

औपचारिक मत परिणाम सार्वजनिक भएको छैन। 

विजयी उपमेयर उम्मेद्वार खड्गी सभागृहमा पुगे पनि मेयरमा विजयी शाक्य पुगेका छैनन्। 

निर्वाचन कार्यालयले मतगणना सकिएको जानकारी गराए पनि दलका प्रतिनिधिहरु उपस्थित नभएका कारण मत परिणाम घोषणा भएको छैन। 
मुख्य निर्वाचन अधिकृतसहितका कर्मचारी उम्मेद्वार र प्रतिनिधि कुरिरहेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell