PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

म्यानचेष्टर हमलामा संलग्न ‘आक्रमणकारी’को तस्विर सार्वजनिक



पहिलोपोस्ट

म्यानचेष्टर हमलामा संलग्न ‘आक्रमणकारी’को तस्विर सार्वजनिक

ब्रिटिस प्रहरीले म्यानचेष्टरमा भएको आत्मघाती हमलामा संलग्न भएका एक जनाको तस्विर सार्वजनिक गरेको छ। सिसिटिभी क्यामेरा फुटेजका आधारमा प्रहरीले आक्रमणकारीको तस्विर सार्वजनिक गरेको हो। 

प्रहरीले सलमान आवदी नाम गरेका एक आक्रमणकारीको तस्विर सार्वजनिक गरेको हो। प्रहरीले शंकास्पद १४ स्थानमा छापा मारेर अन्य ११ जनालाई पनि हिरासतमा राखेको छ। 

म्यानचेष्टर हमलामा २२ जना मारिएका थिए। 

ब्रिटेनमा खतराको संकेत कम गरिएको छ। प्रहरी सहायतका लागि बोलाइएका सेनालाई विस्तारै फिर्ता पठाउन थालिएको छ। प्रहरीका अनुसार प्रक्रिया तीव्र पारिएको छ। अनुसन्धानमा एक हजारभन्दा बढी जनशक्ति परिचालित छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell