PahiloPost

May 14, 2025 | १ जेठ २०८२

विद्यासुन्दरको हरेक मत गणनामा चुलिएको मतान्तर



सविन ढकाल

विद्यासुन्दरको हरेक मत गणनामा चुलिएको मतान्तर

काठमाडौं : काठमाडौं महानगरपालिको मेयरमा विद्यासुन्दर शाक्य विजयी भएका छन्। उनले उम्मेद्वारी दिँदै गर्दा कसैले पनि यति धेरै मत अन्तरले विजयी होलान् भन्ने अनुमानसमेत गरेका थिएनन्। शाक्यले करिव २० हजार मत अन्तरले उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस राजुराज जोशीलाई पछि पारे।

२०४७ सालदेखि नेकपा एमालेबाट सक्रिय राजनीति थालेका शाक्य महानगरमा दुई पटक वडा अध्यक्ष भइसकेका छन्। शाक्य एमालेका काठमाडौं जिल्ला कमिटी सचिव पनि हुन्।

२०४९ सालमा काठमाडौं वडा नम्बर २१ मा अध्यक्ष हुँदा उनका प्रतिस्पर्धीलाई एक हजार मत अन्तरले पछाडि पार्दै विजयी भएका थिए। शान्त र शालिन स्वभावका शाक्यको वडा अध्यक्ष भएपछि झनै लोकप्रियता बढ्दै गयो।


२०५४ सालमा भएको निर्वाचनमा पनि शाक्य वडा अध्यक्षमा नै भिडे। उनी त्यसपटक पनि सफल भए। दोस्रो पटक वडा अध्यक्ष जित्दा उनको लोकप्रियता चुलिँदै थियो। ५ वर्षको अन्तरमा उनले २५ सय मतको फरकमा वडा अध्यक्ष पद हासिल गरे।

उनले मतान्तर बढाउँदै लोकप्रियता हासिल गरेको २० वर्षपछि फेरि उनी मैदानमा उत्रिए –मेयरका प्रत्यासीका हिसाबले। जनताबाट चुनिनुअघि पार्टीभित्रबाट छानिनु सजिलो थिएन उनका लागि। तर, त्यो खुड्किलो सहजै पार भयो। निर्वाचन पनि सफल रुपमा सम्पन्न भयो र उनले जितमा आफ्नो अन्तर पनि भयङ्कर नै कायम राख्न सफल रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell