PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

साहित्यकार एकनाथ ढकालको निधन



रासस

काठमाडौं : चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको आज बिहान ७५ वर्षको उमेरमा हृदयाघात भई निधन भएको छ।

 

काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको थियो। सो माविमा करिब २२ वर्ष तथा काठमाडौँ र ललितपुरका विद्यालयमा करिब १९ वर्ष उनले अङ्ग्रेजी विषयमा अध्यापन गरेका थिए।

 

हाल कामपा–६, गुह्येश्वरी, रुद्रेश्वर, टाउन प्लानिङमा बसोबास गर्दै आउनुभएका ढकालका ‘छोरा प्रकाशको सम्झनामा’ लघु शोककाव्यलगायत फुटकर रचना प्रकाशित छन्। स्व ढकालका श्रीमती, एक छोरा र दुई छोरी छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell