PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको शिलान्यास



रासस

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको शिलान्यास
प्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने काठमाडौं–तराई–मधेस फास्ट ट्रयाकको आइतबार बाराको निजगढमा शिलान्यासको क्रममा स्तम्भ अनावरण गर्दै

निजगढ (बारा) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको दुर्त मार्ग (फास्ट ट्रयाक)को आज यहाँ शिलान्यास गरेका छन्।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडक ७६.२ किमी दूरीको हुनेछ। मुलुककै नमुना आयोजनाका रुपमा रहने उक्त दुर्त मार्ग निर्माणका लागि नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको नेतृत्वमा अधिकारसम्पन्न निर्देशक समिति गठन गरिएको छ।

यो आयोजना निर्माणसँगै तराई, मधेस, हिमाल र पहाडको भावनालाई जोड्ने यस मार्गले नेपालको आर्थिकलगायत बृहत्तर विकासमा योगदान पुर्‍याउनेछ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने यो सडक निर्माणलाई नेपाली सेनाले गौरव र चुनौतीका रुपमा लिएर समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बारा जोडिने सडक निर्माणबाट काठमाडौं उपत्यकामा पुग्ने सडक सञ्जालको दूरी घटाउने, ढुवानीलाई छिटोछरितो बनाउनेछ।

सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँण, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, नेपाली सेनाका प्रधानसेनापतिलगायतको सहभागिता थियो।

एक खर्ब १२ अर्बको लगानीमा निर्माण हुने उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौंसम्मको दूरी एक घन्टामा पूरा हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell