PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

पेरिस जलवायु सम्झौताबारे ट्रम्पले अर्को साता निर्णय दिने 



रासस

पेरिस जलवायु सम्झौताबारे ट्रम्पले अर्को साता निर्णय दिने 
फोटो श्रोतःsiasat.com

इटालीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुचर्चित पेरिस जलवायु सम्झौताका विषयमा आगामी साता निर्णय दिने बताएका छन्।

आफ्नो चुनावी अभियान र त्यसपछिका दिनमा जलवायु परिवर्तनबारे कटु आलोचना गर्दै आएका ट्रम्पले इटालीको सिसिलीमा भइरहेको जी–७ सम्मेलनबाट ट्वीट गर्दै आफूले पेरिस सम्झौताबारे आगामी साता अन्तिम निर्णय दिने बताएका हुन्। 

सम्मेलनस्थलमा अमेरिकाका सहयोगी राष्ट्रहरुद्वारा विश्वव्यापी तापक्रम वृद्धिलाई नियन्त्रण गर्न भनी विश्वका अधिकांश मुलुकले सहमति जनाएको पेरिस जलवायु सम्झौतामा अमेरिकाको पनि प्रतिबद्धताका लागि आएको दबाबपछि ट्रम्पको यस्तो सन्देश आएको हो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell